२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ६ दिनमात्रै बिदा दिने



अ+ अ-

काठमाडौँ । प्रदेश सरकारले अब आफ्नो प्रदेशमा एक वर्षमा बढीमा ६ दिनमात्र बिदा दिन पाउने भएका छन् । प्रदेश सरकारले दिने बिदाका दिन सम्बन्धित प्रदेशमा रहेका केन्द्र मातहतका कार्यालयमा समेत बिदा दिइने भएको छ ।

गृह मन्त्रालयले प्रदेश सरकारहरूले आफ्नो प्रदेश मातहतमा दिने बिदालाई व्यवस्थित गर्ने प्रस्ताव मन्त्रिपरिषद्समक्ष पेस गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय भएर राजपत्रमा प्रकाशित भएपछि प्रदेश सरकारहरूले कानुनी रूपमै बिदा दिन पाउने छन् । प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा सबै बन्द रहनेछन् ।
मुलुकमा बिदासम्बन्धी छुट्टै ऐन छैन । सरकारको कार्यविभाजन नियमावलीमा गृह मन्त्रालयले हरेक वर्ष सार्वजनिक बिदा तोकेर राजपत्र प्रकाशित गर्ने व्यवस्थामात्र उल्लेख छ । केन्द्र सरकारले त्यही कार्यविभाजन नियमावलीका आधारमा प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियार हस्तान्तरण गर्न लागेको हो । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।