२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमारले म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्न नपाउने



अ+ अ-

ब्राजिली तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) महँगा स्टार फरवार्ड नेयमार जुनियरले म्यानचेस्टर युनाइटेडविरुद्धको च्याम्पियन्स लिग अन्तरगतको दुवै लेग गुमाउने भएको छ ।

नेयमारले प्रिक्वार्टरफाइनल अन्तरगतको दुवै लेग गुमााउने क्लबले जनाएको छ । फ्रेन्च कप अन्तरगतको स्टार्सवर्गसँग गत मंगलबार भएको खेल दौरान २६ वर्षीय नेयमारले दायाँ खुट्टामा चोट बोकेका थिए । उनको गतवर्षकै चोट बल्झिएको हो । गतवर्ष पनि यही चोटका कारण नेयमार तीन महिना मैदान बाहिर रहेका थिए ।

क्लबले च्याम्पियन्स लेगको पहिलो लेग मात्रै गुमाउने आशंका गरिएपनि एमआरआईको रिपोर्टपछि उनले दुवै लेग गुमाउने भएको हो । उनी मार्च अन्तिम सातापछि मात्रै मैदान फर्किनेछ । पीएसजी र युनाइटेडबीचको पहिलो लेग फेब्रुअरी १२ मा तथा दोस्रो लेग ६ मार्चमा हुदै छ ।
पीएसजीका प्रशिक्षक थोमस टचेलले नेयमार छिट्टै फर्कनेमा धेरै गाह्रो रहेको बताएका थिए । एजेन्सी