२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिग्वाइनको आगमनसँगै मोराटाले क्लब छाडे



अ+ अ-

चेल्सीका किर्तिमानी अनुबन्ध अल्भारो मोराटा १८ महिने ऋण सम्झौतामा एथ्लेटिको म्याड्रिडसँग अनुबन्ध भएका छन् ।

७ करोड ६ लाख पाउण्डमा सन् २०१७ मा चेल्सी पुगेका मोराटा ९० लाख पाउण्डमा स्पेनिस क्लब आइपुगेका हुन् ।

रियल म्याड्रिड र युभेन्टसका पूर्व स्ट्राक्यरले वान्डा मेट्रोपोलिटयानोमा २२ नम्बरको जर्सी लगाउने छन् ।

चेल्सीमा हिग्वाइनको आगमनसँगै मोराटाले क्लब छाडेर जाने चर्चा चलेको थियो ।
प्रिमियर लिगमा आएपछि राम्रो शुरुवात गरेका मोराटाको पछिल्लो एक वर्ष भने सुखद रहेन ।

चेल्सीमा रहँदा उनले ७२ खेलमा मात्र २४ गोल गर्न सके भने ६ वटा गोलको अवसर सृजना गरे ।

‘मैले मेरो करियरको शुरुवात एथ्लेटिकोबाट गरेको हुँ । जसले म कहाँबाट आएको हुँ भनेर जानेको छु उनीहरुलाई म यहाँ आउन पाउँदा कस्तो अनुभव भएको छ भन्ने कुरा बुझ्छन्,’ सोमबार मेडिकल पास गरेपछि मोराटाले भने ।

अर्को महिना मोराटाले आफ्नो दुई पूर्व क्लब विरुद्ध खेल्नेछन् । फेब्रुअरी ९ मा ला लिगामा एथ्लेटिको भिडन्त रियल म्याड्रिडसँग रहेको छ भने फेब्रुअरी २० मा युभेन्टससँग च्याम्पियन्स लिगमा खेल रहेको छ । एजेन्सी