२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थल भन्सारका रेडियो अपरेटरको आम्दानी १८ करोड, लगानी बुहारीदेखि आमासम्म



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठ को अकुत सम्पति देखिएको छ । पछिल्लो समय साढे ३३ किलो सुन तस्करीमा मुछिएपछि उनको असाधारण सम्पत्ति आर्जनको रहस्य खुलेको हो ।

अख्तियार दुरुपयोग अनुसाधान आयोगका अनुसार श्रेष्ठको नाममा १८ करोड भन्दा बढिको सम्पति देखा परेको हो । आयोगका अनुसार ४६ लाख रुपैयाँ जग्गा, चार करोडमा घर, नमोबुद्ध एग्रो पालिमा साढे ५ करोड लगानी, पौने ४ करोड ऋण तिरेको र सवारी साधन खरिदमा २ करोड रुपैयाँ खर्चेको फेला परेको हो ।

श्रेष्ठको परिवारको ९ करोड ६३ लाख ८ हजार ८२९ मात्र बैध आन्दानी भएको पाइएको छ ।

श्रेष्ठले १४ करोड ६१ लाख २४ हजार ४७८ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

उनले पत्नीहरु तारादेवी र रेखा, बाबु ज्ञानकृष्ण, आमा चन्द्रदेवी, भाइ रामकृष्ण र बुहारी रविनाको नाममा समेत सम्पत्ति लुकाएको ठहर गर्दै अख्तियारले ती सम्पत्ति जफत गर्न माग गरेको छ ।