२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएला मामिलामा सरकार बाेल्याे, आन्तरिक मामिलामा हस्तक्षेप नगर्न नेपालकाे आग्रह



अ+ अ-
राष्ट्रपति निकाेलास मदुराे

काठमाडाैं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा केही दिनदेखि जारी राजनीतिक गतिराेधका बारेमा विश्व जनमत विभाजित भइरहेका बेला नेपाल सरकारले अाैपचारिक रूपमै भेनेजुएलाकाे अान्तरिक मामिलामा हस्तक्षेप नगर्न सबैसँग अाग्रह गरेकाे छ ।

भेनेजुएलाका राष्ट्रपति निकाेलास मदुराेलाइ हटाइ अाफू मुलुककाे अन्तरिम राष्ट्रपति बनेकाे त्यहाँका विपक्षी नेता हुँवा गुएइदाेले घाेषणा गरेसँगै विश्व जनमत पक्ष र विपक्षमा बाँडिएकाे छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेकाे विज्ञप्तीमा भेनेजुएलाकाे राजनीतिक घटनाक्रमप्रति नेपाल सरकारले नजिकबाट नियालीरहेकाे उल्लेख छ । विज्ञप्तीमा भनिएकाे छ, कुनै पनि मुलुककाे अान्तरिक राजनीतिक समस्या त्यही देशकाे संविधान बमाेजिम लाेकतान्त्रिक विधिबाट समाधान हुनु पर्दछ भन्नेमा नेपालकाे दृढ विश्वास छ, र याे विदेशी हस्तक्षेपबाट मुक्त हुनु पर्दछ ।

मुलुककाे राजनीतिक र संवैधानिक दृष्टिकाेण बारे भेनेजुएलाका जनताकाे निर्णय नै अन्तिम हुनेछ, विज्ञप्तीमा भनिएकाे छ, हामी भेनेजुएलामा शान्ति, स्थायित्व र एकता भएकाे हेर्न चाहन्छाैं एवं मतभिन्नतालाइ शान्तिपूर्ण माध्यमबाट समाधान गर्न अाह्वान गर्दछाैं ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले भेनेजुएलाका सम्बन्धमा केही दिन अघि जारी गर्नुभएकाे विज्ञप्तीप्रति चाैतर्फी विराेध भइरहेका बेला परराष्ट्र मन्त्रालयले अर्काे विज्ञप्ती जारी गरेकाे छ ।

संयुक्त राज्य अमेरिका, युराेपेली यूनियन र दक्षिण अमेरिकाका ब्राजिल, काेलम्बीया समेतका केही देशले भेनेजुएलाका विपक्षी नेतालाइ समर्थन गरेका छन् भने चीन र रूस समेतका केही देशले राष्ट्रपति मदुराेकाे समर्थन गरेका छन् ।

भेनेजुएलाकाे सेना र अदालतले भने मदुराेलाइ नै समर्थन गरेकाे छ । अार्थिक रूपमा कमजाेर देखिएकाे भेनेजुएलामा दिनहुँ पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् भने अमेरिकाले भेनेजुएलाकाे तेल खरिदमा प्रतिबन्ध लगाउने घाेषणा गरेकाे छ ।