७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार निरौलाद्वारा पदभार ग्रहण



अ+ अ-

काठमाडौँ : सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नृपध्वज निरौलाले पदभार ग्रहण गर्नुभएको छ । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा निरौलाको नाम अनुमोदन गरेपछि आज पदभार ग्रहण गर्नुभएको हो । न्याय सेवा आयोगको सिफारिशलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्ने कानूनी व्यवस्था रहेको छ । 

निरौला यसअघि न्याय परिषद्को सचिव हुनुहुन्थ्यो । न्याय सेवा आयोगले वरिष्ठता, कार्यकुशलता र दक्षताका आधारमा मुख्य रजिष्ट्रारमा बढुवाका लागि सिफारिश गरेको थियो । निरौला २०७३ साल माघ ६ गते सर्वोच्च अदालतको रजिष्ट्रार बन्नुभएको थियो । 

विसं २०२८ माघ २५ गते खोटाङ जिल्लाको एैँसेलुखर्क गाउँपालिकामा जन्मनुभएका निरालौले विसं २०५२ साल मङ्सिर २४ गते न्याय सेवा आयोगको शाखा अधिकृतबाट सेवा शुरु गरी २०६० मा सर्वोच्चको उपरजिष्ट्रार हुँदै २०६५ मा खुल्लातर्फबाट सहरजिष्ट्रार हुनुभएको थियो । 

यसैगरी, मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको सर्वोच्च अदालतको रजिष्ट्रारमा लालबहादुर कुँवरलाई बढुवा गरेको छ । विसं २०२९ पुस ४ गते गुल्मीमा जन्मनुभएका कुँवर न्याय सेवा आयोगले वरिष्ठता र कार्यकुशलताका आधारमा रजिष्ट्रार बन्नुभएको हो । विसं २०५५ मा सर्वोच्च अदालतमा शाखा अधिकृतबाट सेवा शुरु गर्नुभएका कुँवर २०६५ मा उपरजिष्ट्रार हुँदै २०६७ वैशाख ८ गते खुल्लातर्फबाट सहरजिष्ट्रार हुनुभएको थियो ।