७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिपन्न ट्याक्सी चालक कारवाहीमा



अ+ अ-

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रु ठगी गर्ने ट्याक्सी चालकमाथिको कारवाहीलाई तीव्रता दिएको छ । 

महाशाखाले आजै मात्र यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ५३ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाले सोमबार पनि उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई कारवाही गरेको थियो । 

ट्राफिक प्रहरीले यात्रुसँग भाडा बार्गेनिङ गर्ने ट्याक्सी चालकलाई ‘हाउमच’ अभियान सञ्चालन गरेरै कारवाही गर्ने गरेको छ । ‘हाउमच’ अभियानमा कारवाहीमा पर्ने ट्याक्सी चालकलाई प्रत्येक पटक प्रहरीले रु तीन हजार जरीवाना गर्ने गरेको छ । त्यस्तै पाँच पटकभन्दा बढी ‘हाउमच’ कारवाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्ने गर्ने महाशाखाले जनाएको छ । 

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने रु ५०० देखि रु एक हजार ५०० सम्म जरिवाना गर्ने छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकलाई कारवाही गर्दै आएको छ । 

ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल खबर गर्नसमेत महाशाखाले आग्रह गरेको छ ।