२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

शक्तिको आडमा आफैं भ्रष्टाचार हुन्छ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही कसैलाई भ्रष्टाचार गर्न नदिने बताएका छन्। ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं,’ सशस्त्र प्रहरीको स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौं।’

शक्तिको आडमा आफैं भ्रष्टाचार गर्ने पाइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई माफी दिन नसकिने बताए। सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले लडाइँ र द्वन्द्व सकिए पनि केहीले द्वन्द्व निम्त्याउन खोजेको भन्दै त्यसलाई असफल पारिने बताए। ‘अहिले सरकारले द्वन्द्वका घाउमा मलमपट्टी लगाउने काम गर्ने गर्देछ द्धन्द निम्त्याउन खोज्नु हुँदैन अब मुलुक समृद्धिको मार्गतर्फ अगाडि बढिसक्यो,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले विभिन्न शान्ति प्रक्रियालाई बल्झाउन खोज्नेहरूका बारेमा सरकार जानकानर रहेको बताएका थिए। ‘हामी राजनीतिको कठोर यात्रापार गरेर यहाँसम्म आइपुगेका छौँ, अब पछाडि फर्कने कुरा हुन सक्दैन देशलाई पछाडि फर्काएर तानाशाहीमा लैजाने कुरा अब कसैले सहन सक्दैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले व्यवस्थापन भइसकेको शान्ति प्रक्रियाका विषयमा अनावश्यक चलखेल सह्य हुँदैन।’ उनले अन्तर्राष्ट्रिय विकास मञ्चको डावस बैठकमा पनि आफूले नेपालमा सुन्दरता मात्र नभई उर्वर भूगोग, गौरवपूर्ण इतिहास र पूर्खाको बलिदानी भएको उल्लेख गर्दै लगानीका लागि आव्हान गरेको उल्लेख गरेको समेत बताए। यो खबर नागरिक दैनिक प्रकाशित छ।

कार्यक्रममा समारोहमा सम्बोधन गर्दै गृहमन्त्री थापाले पनि आफ्नो मन्त्रालय मातहतको कुनै पनि निकायमा भ्रष्टचार हुन नदिइने बताए। उनले सशस्त्रका अधिकारीलाई निर्देशन दिँदै भने, ‘भ्रष्टाचारविरुद्ध शूण्न्य सहनशीलतालाई व्यवहारमा उतार्नुस्। गृहमातहतको कुनै निकायमा भ्रष्टाचार हुन दिन्न। यसमा मन्त्रालय संवेदनशील छ।’

मुलुकमा संघीयताको कार्यान्वयनपछि नयाँ परिस्थिति सिर्जना भएको बताउँदै उनले सशस्त्र प्रहरीको काँधमा चलायनमान सुरक्षा निकायको रूपमा अहम भूमिका बहन गर्नुपर्ने जिम्मेवारी रहेको पनि बताए।

‘सशस्त्र प्रहरी बल जनताको नजरमा भरोसा लाग्दो सुरक्षा संगठनका रूपमा स्थापित हुँदै गएको छ,’ उनले भने, ‘समय अनुकूल जनशक्ति विस्तारै गर्दै सीमामा हुने चोरी, निकासी र सीमा अपराध नियन्त्रणका लागि बोर्डर आउटपोष्टलाई पनि बढाउँदै लग्नुपर्छ।’ उनले १७ जिल्लाका अस्थायी गुल्मलाई स्थायीमा परिणात गरिसकेको स्मरण गराउँदै भने, ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा हुने खोज तथा उद्धारलाई लक्षित गरेर उच्च शिखर खोज तथा उद्दार गुल्मसमेत स्थापना गरिनेछ।’