७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुशासन पालना नगर्ने सयौ कर्मचारीलाई कारवाही हुने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ ।

केन्द्रले २४९ कार्यालयमा अनुगमन गरी अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित कार्यालयका प्रमुखलाई समय पालना नगर्ने र तोकिएको समयमा कार्यालय नआउने कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको हो ।

यसैगरी स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाउदा प्रतिवेदन तयार गर्न केन्द्रले ढिलाइ गरेको छ । निजामती, सुरक्षाकर्मीसहित अन्यको सम्पत्ति विवरण केन्द्रलाई प्राप्त भए पनि स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण अझै बुझाएका छैनन् । प्रवक्ता लामिछानेका अनुसार अहिलेसम्म ७७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् । उहाँले अहिलेसम्म ८८ हजार ८९२ जना जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन् ।