७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरको भद्रपुरमा रात्रिकालीन परीक्षण उडान सफल



अ+ अ-

काठमाडौँ : निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज रात्रिकालीन परीक्षण उडान गरेको छ । 

कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको आज एक विज्ञप्तिमार्फत जनाएको हो । हाल उक्त विमानस्थलमा नियमित दुई उडान भर्दै आएको बुद्धले आगामी १० फेब्रुअरीदेखि रात्रिकालीन उडानसँगै दैनिक तीन उडान सञ्चालन गर्ने जनाएको छ । 

कम्पनीका अनुसार आरएनएभी (एरिया नेभिगेसन) प्रविधिको सहायताले ‘लो भिजिबिलिटी’ र हाल जडान गरिएको रनवे लाइटले अब रातिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिनेछ । यो प्रविधि संसारभरी प्रचलित र सुरक्षित मानिन्छ । यसअघि ‘लो भिजिबिलिटी’ र सूर्यास्तपश्चात उडान रद्द गर्नुपथ्र्यो । 

यो विमानस्थल पूर्वका चार जिल्ला झापा, इलाम, पाँचथर, ताप्लेजुङको प्रवेशद्धारको रुपमा रहेको छ । त्यस्तै छिमेकी मुलुक भारतका सिलिगढी, दार्जिलिङ, सिक्किम मात्र नभई तेस्रो मुलुक भुटान तथा बङगलादेशलाई पनि जोड्ने बताइन्छ । 

यात्रुको सेवालाई ध्यानमा राखेर नेपाल नागरिक उड्डयन प्राधिकरणले करीब छ महीना अगाडि नै यो विमानस्थलमा रात्रिकालीन उडान योग्य बनाउन आरएनएभी प्रविधि जडान गरी हालै आवश्यक रनवे लाइट जडान गरेको थियो । प्रविधिसँगै सुरक्षा र जनशक्तिको पनि व्यवस्थापन भइसकेको विमानस्थलले जनाएको छ । 

बुद्धले आगामी दिनमा थप विमानस्थल तुम्लिङटार, सुर्खेत, भरतपुरमा पनि सेवा विस्तार गर्दै जाने योजना बनाएको छ । केही महीनापछि नै जनकपुरमा पनि परीक्षण उडान गरी व्यावसायिक उडान भर्ने जनाएको छ । 

हाल बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौँ–चन्द्रगढी दैनिक दुईवटा नियमित उडान गर्दै आएको छ । चन्द्रगढी विमानस्थलमा १० महीना अघि बिहान र दिउँसोको लागि स्याटलाइट बेस्ड आइएफआर सेवा शुरु भइसकेको थियो । 

बुद्ध एयरका नौ वटा एटीआर विमान छन् । यीमध्ये छ एटीआर–७२ र दुई एटीआर–४२ हुन् । बुद्धसँग दुई बीचक्राफ्ट विमान पनि छन् । हाल आन्तरिकतर्फ १३ गन्तब्य चन्द्रगढी, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।