५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वाइड बडी जहाज खरिद प्रकरणमा शतप्रतिशत निर्दोष छु’ : मन्त्री अधिकारी



अ+ अ-

काठमाडौं । नागरिक उड्डयन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट्याएका छन्। पर्यटनमन्त्री अधिकारीले आफू मन्त्री भएको बेला वाइड बडी जहाज खरिदको किस्ता रोक्ने अवस्था नरहेको समेत स्पष्ट पारे । उनले भने, ‘मैले त्यसबेला यो रोकेको भए उल्टै कमिसनको चक्करमा जहाज ल्याउन दिएन भन्थे ।’ उनले अझ स्पष्ट पार्दै भने, ‘मैले आफूले वाइड बडीको बाँकी किस्ता पठाएको हैन, यो त प्रक्रियागत गरिकाले गएको हो, मेरो ठाउँमा जो भएको भए पनि हुने यही नै थियो।’

आफू मन्त्री भएका बेला जहाज नै थिएन, यो हल्ला मात्र गरिएको भ्रम बरु आफूले चिरेको उनको भनाइ थियो। वाइड बडीमा भएको भ्रष्टाचारमा अदालत, छानबिन गर्न बनेका समिति, अख्तियारले यसलाई गहिरो ढंगले छानबिन गर्नुपर्ने पनि उनले बताएका छन् । साथै उनले आफू मन्त्री हुनु र यो सरकार गठन हुनुअगावै देखि यसको छानबिन हुनुपर्ने जिकिर गरेका छन्। उनले थपे, ‘छानबिनको केसमा यो समितिले सक्दैन भने अर्को समिति बनाएर भए पनि छानबिन गर्नुपर्छ।’

नेपालमा हुने गरेका ठूला भ्रष्टाचारका केसमा यो खालको राजनीतिक चलखेल किन हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘यसमा धेरैखाले कारण हुन्छन्। कोहीको त मौका यही हो, छोपी हालौं भन्ने पनि हुन्छन्, सरकारको काम र ठूला परियोजना सफल हुन नदिने पनि चलखेल हुन्छन्।’ वाइड बडीमा भएको अनियमितता खोज्ने तर, यसको प्रक्रिया रोक्न नहुने पनि उनले बताए। साथै आफू मन्त्री भएकै बेला जहाज खरिद प्रकरणमा भएका भ्रष्टाचार सबैका सामु ल्याउने पनि उलने प्रतिबद्धता जनाए। वाइड बडीमा भएको भ्रष्टाचारको सत्यतथ्य कहिले आउँछ भन्ने प्रश्नमा उनले भने, ‘अब ३ महिनाभित्र यसको सम्पूर्ण सत्यतथ्य बाहिर आउँछ।’ यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।