१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता लिने भारतीय कारागार चलान



अ+ अ-

इनरुवा । झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका एक जनालाई बुधबार जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार पठाइएको छ ।

भारत घर भई सुनसरीको हरिनगर गाउपालिका– ३ गौतमपुरबाट झूठो विवरण पेश गरेर नागरिकता लिएका गुरुदयाल साह भन्ने सन्तोषकुमार साहलाई पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का पठाइएको हो ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश शङ्करबहादुर राईको इजलासले साहलाई र्पुपक्षका लागि कारागार पठाउने आदेश दिएको हो । साहलाई नागरिकता ऐन २०६३ को दफा २१९१० बमोजिम पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्कामा पठाइएको वादी नेपाल सरकारकोतर्फबाट बहस गर्नुभएका अधिवक्ता शङ्करप्रसाद पोखरेलले जानकारी दिनुभयो ।