१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता, अन्तिम लडाई माथिल्लो संसदमा



अ+ अ-

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा नेपाली कांग्रेसले संशोधन दर्ता गरेको छ ।

बिहीबार बिहानै कांग्रेसका सांसद राधेश्याम अधिकारीले संशोधन दर्ता गरेको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालको अनुसार सरकार समर्थक दल राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद वृषेशचन्द्र लालले बुधबार नै विधेयकमा दुईवटा संशोधन दर्ता गराईसकेका छन्।

लालले विधेयकको प्रस्तावना, दफा १३, १५ र ४६ मा संशोधन दर्ता गराएका हुन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच प्रतिनिधिसभाबाट पारित भएको विधेयक गत सोमबार राष्ट्रियसभामा प्रस्तुत भएको थियो । अब उक्त विधेयक माथिल्लो सदनबाट पारित हुने छ । मध्यान्ह दुई बजे बोलाईएको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजममणि पोखरेलले विधेयक पारितहोस् भन्ने प्रस्ताव पारित गरेपछि आवश्य कुराहरु सुनिने व्यबस्था रहेको छ ।

यता डा. केसी भने आफुसँग गरिएको सम्झौता विपरीत विधेयक ल्याइएको विरोधमा २३ दिनदेखि अनसनमा छन् ।