७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसद्वारा आजपनि संसद अवरुद्ध



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । बैठक सुरु भएपछि काँग्रेस सांसदहरु उठेपछि सभामुख कृष्ण बहादुर महराले सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए ।

सभामुख महराले समय दिएपछि सांसद रिजालले काँग्रेस नेताका नामका अस्पताल, गोविन्द केसीको अनसन लगायतका विषयमा सहमतिबाट सरकार अघि बढ्ने प्रतिवद्धता नजनाएसम्म संसद बैठक अघि बढ्न नसक्ने घोषणा गरेपछि संसद अवरुद्ध भएको हो ।

“डा गोविन्द केसी अनशनमा हुनुहुन्छ, यत्तिकैमा चिकित्सा शिक्षा विधेयक पारित गरियो, गलत अभ्यासको शुरु भयो , संसद्ले गर्ने त्रुटिलाई सच्याउने हो, त्यो बाटो बन्द भयो ।”, सांसद रिजालले भने ।

राणा, पञ्चायत र ज्ञानेन्द्रले शुरुमा काङ्ग्रेसलाई देखेनन् जतिखेर देखे त्यसबेला ढिला भएजस्तो वर्तमान सरकारका लागि नहोस् सांसद रिजालले भने । निरीह अनशनकारी जो आफ्नो विचारका लागि लडेको छ, सत्याग्रहमा बसेको छ, उसको ज्यान लिन खोज्ने कि बचाउने ? उनले प्रश्न गरे ।

रिजालले बोलिसकेपछि काँग्रेस सांसदहरु उठेर विरोध गर्न थालेपछि सभामुख महराले काँग्रेस नेताका नामका अस्पतालबारे सरकारले माग बमोजिम निर्णय गरिसकेको भन्दै बस्न आग्रह गरेपनि काँग्रेसका नेताहरुले उनको आदेश मानेनन् ।

महराले चिकित्सा शिक्षा विधेयक पास भइसकेकाले त्यस विषयलाई लिएर संसद अवरुद्ध गर्न जरुरी नभएको बताएका थिए ।

सभामुखले पटकपटक काँग्रेस सांसदहरुलाई बस्न आग्रह गरेपनि नमानेपछि अर्को बैठक माघ २० गतेसम्मका लागि स्थगित गरेको घोषणा गरे ।