७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयक फिर्ता लेउ, नत्र सदनको साथसाथै अस्पताल पनि बन्द हुन्छ : चिकित्सक संघ



अ+ अ-

काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरेलगतै संघले यस्तो निर्णय गरेको हो ।

संघले डा.गोविन्द केसीको माग र अनसनलाई बेवास्ता गरेको भन्दै संघर्षका कार्यक्रम आह्वान गरेको हो । संघले केसीलाई मात्रै नभई सरकारले देशभरीका डाक्टरहरुको अपमान गरेको भन्दै आन्दोलनको घोषणा गर्नु परेको बताएको छ ।

डा. केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै चिकित्सक संघले भोलि शुक्रबार सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारसरकार नै हुने संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डा. केसी २३ दिनदेखि अनसनमा छन् भने उनको समर्थनमा संघले देशभर दबावमूलक कार्यक्रम गर्दै आएको छ ।