१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय भवन निर्माणमा सहयोग जुट्यो



अ+ अ-

बेझाड । रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयमा नयाँ भवन निर्माणमा सहयोग जुटेको छ । खुल्ला चौर, चौतारी, सामुदायिक भवन हुँदै हाल टहरामा सञ्चालित यस विद्यालयको पक्की भवन निर्माणमा रु ३३ लाख बराबरको रकम सहयोग प्राप्त भएको छ ।

राष्ट्रिय समाचार समिति ९रासस० मा पटकपटक यस विद्यालय भवनको समस्या सम्बन्धमा समाचार प्रकाशन भएपछि समाचारको प्रभावकै कारण भवन निर्माणमा आर्थिक सहयोग जुटेको छ ।

जापानी नागरिक काजुमासा काकीमी ९ओकेबाजे०मार्फत चार कोठे भवनका लागि रु १० लाख र भौतिक योजना पुनःनिर्माण आयोजना पाल्पामार्फत दुई कोठे भवन निर्माण गर्न रु २३ लाख रकम सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताउनुभयो ।

“अहिले ओकेबाजेमार्फत रु आठ लाखको चेक आइसकेको र दुई लाखपछि दिने सहमति भएको छ भने भौतिक योजना पुनःनिर्माण आयोजना पाल्पामार्फत रु २३ लाख रकमको काम गर्न अनुमति पाइसकिएकाले अब केही समयमा नै भवन शिलान्यास गरी काम शुरु गर्नेछौँ”, प्रअ घिमिरेले भन्नुभयो ।

शिक्षा शाखाको पहलमा भौतिक योजना पुनःनिर्माण आयोजना पाल्पामार्फत विद्यालयमा भवन निर्माणको योजना पार्न सफल भएको नगर शिक्षा अधिकृत रमाकान्त अर्याल बताउनुहुन्छ । विद्यालयमा टड्कारो रूपमा देखिएको शौचालय समस्या पनि समाधान गर्न नगरपालिकासँग छलफल भइरहेको अधिकृत अर्यालले बताउनुभयो ।

न्यून विद्यार्थीका कारण गाभिन लागेको यस विद्यालयमा गत वर्ष आठ विद्यार्थी वार्षिक परीक्षामा सहभागी थिए । विद्यार्थी कम भएपछि यसै शैक्षिक सत्रदेखि गाभिने तयारीमा रहेको विद्यालय अहिले पहिलेको ठाउँबाट केही तल बस्ती नजिकै सरेपछि भवन अभावको समस्या भएको हो ।

भवन अभावमा कहिले खुला चौर, चौतारी, सामुदायिक भवन हुँदै हाल टहरा निर्माण गरेर विद्यालय सञ्चालन भइरहेको छ । विद्यालयमा हाल ४५ विद्यार्थी, आठ शिक्षक कर्मचारी रहेका छन् ।