७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय भवन निर्माणमा सहयोग जुट्यो



अ+ अ-

बेझाड । रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयमा नयाँ भवन निर्माणमा सहयोग जुटेको छ । खुल्ला चौर, चौतारी, सामुदायिक भवन हुँदै हाल टहरामा सञ्चालित यस विद्यालयको पक्की भवन निर्माणमा रु ३३ लाख बराबरको रकम सहयोग प्राप्त भएको छ ।

राष्ट्रिय समाचार समिति ९रासस० मा पटकपटक यस विद्यालय भवनको समस्या सम्बन्धमा समाचार प्रकाशन भएपछि समाचारको प्रभावकै कारण भवन निर्माणमा आर्थिक सहयोग जुटेको छ ।

जापानी नागरिक काजुमासा काकीमी ९ओकेबाजे०मार्फत चार कोठे भवनका लागि रु १० लाख र भौतिक योजना पुनःनिर्माण आयोजना पाल्पामार्फत दुई कोठे भवन निर्माण गर्न रु २३ लाख रकम सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताउनुभयो ।

“अहिले ओकेबाजेमार्फत रु आठ लाखको चेक आइसकेको र दुई लाखपछि दिने सहमति भएको छ भने भौतिक योजना पुनःनिर्माण आयोजना पाल्पामार्फत रु २३ लाख रकमको काम गर्न अनुमति पाइसकिएकाले अब केही समयमा नै भवन शिलान्यास गरी काम शुरु गर्नेछौँ”, प्रअ घिमिरेले भन्नुभयो ।

शिक्षा शाखाको पहलमा भौतिक योजना पुनःनिर्माण आयोजना पाल्पामार्फत विद्यालयमा भवन निर्माणको योजना पार्न सफल भएको नगर शिक्षा अधिकृत रमाकान्त अर्याल बताउनुहुन्छ । विद्यालयमा टड्कारो रूपमा देखिएको शौचालय समस्या पनि समाधान गर्न नगरपालिकासँग छलफल भइरहेको अधिकृत अर्यालले बताउनुभयो ।

न्यून विद्यार्थीका कारण गाभिन लागेको यस विद्यालयमा गत वर्ष आठ विद्यार्थी वार्षिक परीक्षामा सहभागी थिए । विद्यार्थी कम भएपछि यसै शैक्षिक सत्रदेखि गाभिने तयारीमा रहेको विद्यालय अहिले पहिलेको ठाउँबाट केही तल बस्ती नजिकै सरेपछि भवन अभावको समस्या भएको हो ।

भवन अभावमा कहिले खुला चौर, चौतारी, सामुदायिक भवन हुँदै हाल टहरा निर्माण गरेर विद्यालय सञ्चालन भइरहेको छ । विद्यालयमा हाल ४५ विद्यार्थी, आठ शिक्षक कर्मचारी रहेका छन् ।