७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात दशकपछि बल्ल बन्यो मेची पुल



अ+ अ-

दमक । हरेकपटक भोटको राजनीति गर्ने अस्त्र मानिएको मेची पुलको कथा अब सकिएको छ , तीन पटकसम्म शिलान्यस भएको यो पुल प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । पूर्वी नेपाललाई भारतसँग जोड्नका लागि राजमार्गबाहेक अर्को पुल निर्माण भएको हो ।

यो पुल २०२२, २०४१ र २०६६ सालमा शिलान्यस भएको थियो । यस पटक पनि नौँ वर्ष लागेर निर्माण सम्पन्न भएको हो । जिल्ला सदरमुकाम भद्रपुरदेखि भारतसम्म जोड्ने यो पुल निर्माणका लागि पटक पटक आन्दोलन भए ।

भद्रपुरका पुराना स्थानीय तथा प्रदेश सांसद ओमप्रकाश सरावगीले राजनीतिक नेतृत्वसँग पहुँच कम भएर निर्माणमा लामो समय लागेको बताए । ‘हामीले पटक पटक पुल निर्माणका लागि दबाद दिएका थियौँ, तर हाम्रो पहुँच पुगेन,’ उनले भने, ‘यस पटक भने पुल जसरी पनि बनाउने भनेर लागेकोमा ९ वर्षमा भए पनि सकियो ।’ यो समाचार आजको नागरिक दैनिकमा युवराज विवशले लेखेका छन् ।