२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकहरुको र्यालीमा प्रहरीको हस्तक्षेप, गैरकानूनी भन्दै १७ चिकित्सक पक्राउ



अ+ अ-

काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

गैरकानूनी रुपमा धर्ना तथा बिरोध जनाएको भन्दै प्रहरीले १७ चिकित्सकलाई पक्राउ गरेको
हो । प्रहरी धरपकडका क्रममा केही चिकित्सकलाई चोट लाग्नुको साथै उनिहरुको पहिरण (एप्रोन) समेत च्यातिएको छ ।

नेपाल चिकित्सक संघले बिहिवार नै प्रेस बिज्ञाप्ति निकालेर देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको थियो । चिकित्सक संघकै निणर्य अनुसार आज सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

सोहि निणर्य अनुसार चिकित्सकहरु सांकेतिक बिरोध गर्न जम्मा भएका थिए । तर सरकारको आदेश भन्दै प्रहरीले एकाएक नियन्त्रणमा लिएर गाडिमा कोचेको हो ।

डा.केसी २४ दिनदेखि अनसनमा छन् भने उनको समर्थनमा संघले देशभर दबावमूलक कार्यक्रम गर्दै आएको छ ।