१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् श्री ३ पद्मशम्शेर जबराका नाती बेदेन्द्रशम्शेर जंगबहादुर राणा (बीएस)



अ+ अ-

काठमाडौँ । नेपाली सिने जगतका दिग्गज कलाकार बीएस राणाको निधन भएको छ । काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा उनको निधन भएको हो ।
उनी ७८ वर्षका थिए ।

स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

श्री ३ पद्मशम्शेर जबराका नाती बीएस राणाको पूरा नाम बेदेन्द्रशम्शेर जंगबहादुर राणा हो । उनले पाँच दर्जनजति नेपाली फिल्ममा काम गरेका थिए ।

बहुआयामिक व्यक्तित्वका धनी उनले लामो समय काठमाडौंका धेरै स्कूल र कलेजमा अंग्रेजी शिक्षक एवं प्रधानाध्यापक भएर बिताए । उनले बेलायतबाट एमबीए गरेका हुन् । उनको बाल्यकाल र युवावस्थाको अधिकांश समय भारतमा बित्यो ।

उनले अभिनय गरेका चलचित्रमध्ये दक्षिणा, कोसेली, दुई थोपा आँसु, दर्पण छायाँ २, सेतो बाघ, बसन्ती, दासढुङ्गा निकै चर्चित रह्यो ।