७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् श्री ३ पद्मशम्शेर जबराका नाती बेदेन्द्रशम्शेर जंगबहादुर राणा (बीएस)



अ+ अ-

काठमाडौँ । नेपाली सिने जगतका दिग्गज कलाकार बीएस राणाको निधन भएको छ । काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा उनको निधन भएको हो ।
उनी ७८ वर्षका थिए ।

स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

श्री ३ पद्मशम्शेर जबराका नाती बीएस राणाको पूरा नाम बेदेन्द्रशम्शेर जंगबहादुर राणा हो । उनले पाँच दर्जनजति नेपाली फिल्ममा काम गरेका थिए ।

बहुआयामिक व्यक्तित्वका धनी उनले लामो समय काठमाडौंका धेरै स्कूल र कलेजमा अंग्रेजी शिक्षक एवं प्रधानाध्यापक भएर बिताए । उनले बेलायतबाट एमबीए गरेका हुन् । उनको बाल्यकाल र युवावस्थाको अधिकांश समय भारतमा बित्यो ।

उनले अभिनय गरेका चलचित्रमध्ये दक्षिणा, कोसेली, दुई थोपा आँसु, दर्पण छायाँ २, सेतो बाघ, बसन्ती, दासढुङ्गा निकै चर्चित रह्यो ।