७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुर्सी तोडफोड र ब्रिफकेस खोस्नेहरुले कांग्रेसलाई संसदको सर्वोच्चताबारे पाठ पढाउन आवश्यक छैन् : विश्वप्रकाश



अ+ अ-

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरुलाई कम्युनिष्टले संसदको सर्वोच्चता पाठ सिकाउन नपर्ने बताएका छन् ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले भने, ‘हिजो कुर्सी तोडफोड र ब्रिफकेस खोस्नेहरुले कांग्रेसलाई संसदको सर्वोच्चताबारे पाठ पढाउन आवश्यक छैन, कांग्रेस प्रजातन्त्र र संसदको सर्बोच्चताबारे आफै जानकार छ ।’

नेपाली कांग्रसले पासो थापेर नभई बहुमतको कदर गर्न नसक्ने प्रधानमन्त्रीको कारण संसद चल्न गाह्रो भएको बताए । उनले भने,प्रधानमन्त्रीले गरेको सम्झौता पालना नभएकाले संसद अवरुद्ध गरेको हो । हाम्रो कुनै निजी स्वार्थ छैन् । बहुमतको आडमा विवेकलाई बन्धक बनाएर चिकित्सा शिक्षा विधेयक पास गरिएको छ ।

२४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग कांग्रेसको पनि हो । ,‘तपाईंको मुद्धा हाम्रो पनि मुद्धा हो, हामी तपाईँको मुद्धा बोक्छौं, तपाईं अनसन तोड्नुस् शर्माले भने’।

सरकारले एक वर्षको अवधिमा कुनै जनपक्षीय काम नगरेको आरोप लगाउँदै उनले भ्रष्टाचार, अनियमितताका साथै सरकारको मनोमानीका विरोधमा काङ्ग्रेसले माघ २१ गते देशैभरि विरोधको कार्यक्रम अगाडि सारेको जानकारी दिए ।

शर्माले कमजोरी सच्याउन प्रचण्डबाट सिक्न सुझाव दिएका छन् । उनले हिजो कटुवाल काण्डमा गरेको कमजोरी प्रचण्डले सच्याएको र उक्त पाठ प्रधानमन्त्रीले सिक्न पर्ने बताएका हुन् ।

उनले प्रचण्डबाट पनि पाठ सिक्न नसके कांग्रेसले पूर्ण पाठ सिकाई दिने भन्दै सिक्न आउन अपिलसमेत गरेका छन् ।