२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा प्रमण्डल र लाओसका उपराष्ट्रपतिबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेको प्रतितिनिधि मण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी (लाओ पिपुल्स रिभ्युलसनरी पार्टी) का पोलिटब्युरो सदस्य तथा उपराष्ट्रपति फाङ्खाम भिफाभान्हसँग भेन्टाइनस्थित पार्टी कार्यालयमा भेट गरेको छ ।

भेटका अवसरमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच धेरै विषयमा समानता रहेको उल्लेख गर्दै भूपरिवेष्ठित देश भएकाले एकअर्काका समस्या र चाहनाहरु दुवै देशले बुझेकाले आपसमा साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कम्युनिस्ट पार्टीको नेतृत्वमा लाओसले हासिल गरिरहेको समृद्धि र तीव्र आर्थिक विकासका बारेमा चर्चा गर्दै उहाँले उन्नत प्रविधि र पूँजीको प्रयोगबाट जनसहभागितामूलक विकासको ढाँचा आफ्नो जस्ता मुलुकका लागि प्रभावकारी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीसँग जे छ, त्यसको प्रयोग गर्ने हो । हामी जलस्रोतमा अघि छौँ, त्यसमा विदेश लगानी ज्यादै आइरहेको छ । हामीले पनि आफ्नो आवश्यकता हेरेर त्यसलाई प्रश्रय दिइरहेका छौँ । छिमेकी र अरु ठूला मुलुकले हाम्रो जलविद्युत्मा लगानी गरिरहेका छन् ।”

नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएको खबरले आफूहरुलाई समेत उत्साहित बनाएको उल्लेख गर्दै उहाँले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल कम्युनिस्ट पार्टीको सरकार सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नाराका साथ आफ्नो पार्टीले सरकार गठनपछि जनतामा आत्मविश्वास जागेको, विकासले सही दिशा पक्रिएको चर्चा गर्दै ठूला विकास परियोजनाका लागि लाओसको अनुभव निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी दुवै अति कम विकसित मुलुक हौँ, भूपरिवेष्ठित छौँ । हामीसँग पूँजी र प्रविधि कम छ । यस्तो अवस्थामा तपाइँहरुले अपनाएको विकासको ढाँचा हाम्रा लागि उपयोगी हुनसक्छ ।” पछिल्ला दिनमा लाओसले हासिल गरेको तीव्र आर्थिक वृद्धिका लागि उहाँले त्यहाँको पार्टी नेतृत्वलाई बधाई दिनुभयो ।

सो अवसरमा दुई कम्युनिस्ट पार्टीले विगतदेखि नै विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा गर्दै आएको सहकार्यको स्मरण गर्दै वरिष्ठ नेता नेपालले २१ वर्षअघि आफू आउँदा भन्दा अहिलेको लाओसमा धेरै परिवर्तन पाएको उल्लेख गर्नु भएको प्रमण्डलमा सहभागी नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

यसैबीच लाओस कम्युनिस्ट पार्टीको मुख्यालयमा हिजो नेपाली प्रतिनिधि मण्डल र लाओस पिपुल्स रिभ्युलसनरी पार्टीको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको थियो । लाओस पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रशिक्षण र प्रचार विभाग प्रमुख किकेओ खाइखामफिथोम, विदेश विभाग प्रमुख सुन्थोन सायाचाक, उपप्रमुख सिम्फोन सिचालेनलगायत सहभागी वार्तामा दुई देशका पार्टीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा मिलेर काम गर्ने समझदारी भएको थियो । बिहीबार लाओस पुगेको नेपाली प्रतितिनिधि मण्डल यही माघ २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।