७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगन



अ+ अ-

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ ।

अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्म पनि पक्राउ नपरेको भन्दै काङ्ग्रेसले सदनमा अवरोध गरेको हो ।

विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले डा केसीको जीवनरक्षा र निर्मला हत्याकाण्डका आरोपित अहिलेसम्म पनि पक्राउ नभएकाले खेद व्यक्त गर्दै सदन सञ्चालन हुन नसक्ने घोषणा गरेपछि सभामुख पूर्णबहादुर घर्तीले विपक्षी दलको विरोध भएकाले सदन सञ्चालन हुन नसकेकाले यही माघ २२ गतेसम्मका लागि प्रदेशसभा स्थगन भएको घोषणा गर्नुभयो ।

प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक र प्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूची रहेको थियो ।