७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार अगाडि उड्यो कालो झण्डा, डा.केसीको माग सम्बोधन नगरे आक्रामक बन्ने नेविसंघको चेतावनी



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको भातृ बिद्यार्थी संगठन नेविसंघले सिंहदरबार अगाडि कालो झण्डा उडाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारसँग निर्मला पन्तलाई न्याय र बिगत २४ दिन देखि अनसनरत डा.केसीको जीवन रक्षाको लागि भन्दै नेविसंघ बिरोधमा उत्रिएको हो ।

उनिहरुले डा. केसी र निर्माला पन्तलाई न्यायको साथ साथै सरकारसँग भ्रष्टाचार नियन्त्रणको माग गरेर बिरोध जनाएका हुन् ।

नेविसंघले बेलुनमा बाधेर कालो झण्डा उडाउँदै सरकारको विरोध जनाएको हो । नेविसंघले यसअघि पनि एयर्पोटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको थियो ।

नेविसंघले गत माग ११ गते प्रतिनिधिसभाबाट डा. केसीसँग गरिएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि त्यसको विरोधमा आन्दोलनलाई तीव्रता दिएको हो । डा.केसीको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्धको आन्दोलनलाई झनै आक्रामक बनाउने नेविसंघको चेतावनी छ ।