७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशन तोडाउन सरकारले डा. केसीलाई विश्वासमा लिनुपर्छ : बरिष्ठ उपाध्यक्ष डा. पौडेल



अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष प्रा. डा. ढुण्डीराज पौडेलले सरकारले डाक्टर केसीको जीवन रक्षाको लागि पहल गर्नुपर्ने सुझाव दिए ।

उनले भने,‘डाक्टर केसीको अनशन तोडाउन सरकारले उहाँलाई विश्वासमा लिनुपर्छ । उहाँको जीवनरक्षा गर्नु हामी सबैको दायित्व हो ।’

सरकार र केसी पक्ष दुवै वार्ताको लागि उदार हुनुपर्ने उनको भनाई छ । उनले भने,‘अब पूर्वाग्रह, तुष, अहंकार र हठबाजी गर्नुहुँदैन् । दुवै पक्ष वार्ताको लागि लिवरल हुनुपर्छ । यतिबेला डा. केसीकै सत्याग्रहका कारण प्राप्त उपलब्धिको वकालतमा भन्दा सत्याग्रहीको ज्यान बचाउन सक्रिय हुनुपर्छ । ज्यान बचाउने उपाय खोज्नुपर्छ ।’

उनले डाक्टर केसीले उठाएका धेरै कुराहरु विद्येयकमा समावेश भएको पनि स्पष्ट पारे । उनले विगतमा आफूहरुले नै चिकित्सा विश्वविद्यालय चाहिन्छ भनेर आवाज उठाएको सुनाए ।