७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रवासीको सहयोगमा सिसिटिभी क्यामेरा जडान



अ+ अ-

म्याग्दी । एक प्रवासीले जलजला गाउँपालिकाको मिलनचोक र मोहनचोकमा व्यक्तिगत लगानीमा सिसीटिभी क्यामरा जडान गरीदिएका छन् । मिलनचोक घर भई व्यवसायको सिलसिलामा अष्टे«लियामा रहनुभएका तुलबहादुर पुन ९संसार० को सहयोगमा मिलनचोकमा तीन र मोहनचोकमा एक सिसीटिभी क्यामरा जडान गरिएको हो ।

मालढुङ्गा–बेनी सडकअन्तर्गत पर्ने मिलन र मोहनचोकमा अपराध, दुर्घटना र विकृति न्यूनीकरणका लागि बजार व्यवस्थापन समितिले जडान गरेको सिसीटिभी क्यामरामार्फत अस्थायी प्रहरी चौकी मिलनचोकबाट निगरानी गर्न सकिने भएको छ ।

सिसीटिभी र पावर ब्याकअप खरीद तथा जडानका लागि जलजला गाउँपालिका–६ ठोट्नेरीमा जन्मिनुभएका पुनले रु एक लाख ४० हजार व्यक्तिगत रूपमा सहयोग गर्नुभएको स्थानीय ओमप्रकाश शर्माले बताउनुभयो ।