२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान मेस्सीको दुई गोलले हारबाट जोगियो बार्सिलोना



अ+ अ-

काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियासँग बराबरी रोकेको छ ।

शनिबार राति घरेलु मैदान क्यम्प नाउमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बार्सिलोनालाई हारबाट कप्तान लियोनल मेस्सीले दुई गोल गर्दै बचाएका थिए । यता भ्यालेन्सियाका लागि भने केभिन गमेइरो ड्यानियल परेजोले गोल गरेका थिए ।

गोलको २४औं मिनेटमा केभिनले र ३२औं मिनेटमा ड्यानियलले गोल गर्दै बार्सिलोनाविरुद्ध भ्यालेन्सियाले २–० गोलको अग्रता बनाएको थियो । तर खेलको ३९औं मिनेटमा बार्सिलोनाका लागि कप्तान मेस्सीले गोल गर्दै २–१ गोलको स्थितिमा ल्याए ।

पहिलो हाफमा २–१ गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्दै खेल बराबरीमा टुंग्याएको हो । ६४औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीबाट गोल गरेपछि बार्सिलोनाले २–२ गोलको बराबरी खेलेको हो ।

गएराति नै भएको अन्य खेलमा रियल सोसाइडेडले एट्लेटिको विल्बाओलाई २–१ गोलअन्तरले पराजित गर्दा सेभिया सेल्टा भिगोसँग १–० गोलले स्तब्ध बन्यो । त्यस्तै, लेभान्टे र गेटाफेबीचको खेल भने गोलरहित बराबरीमा टुंगिएको छ ।

लिग लिडर बार्सिलोनाको २२ खेलबाट ५० अंक भएको छ । त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २१ खेलबाट ४४ अंक रहंदा लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिडको २१ खेलबाट ३९ अंक छ ।