२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैको भावना प्रतिनिधित्व हुने गरी नाम र स्थायी राजधानी टुङ्गयाइनेछ : मुख्यमन्त्री राई



अ+ अ-

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले प्रदेशको नाम र राजधानीको कसैको निर्देशन र दबाबले नतोक्निे बताएका छन् ।

आज विराटनगरमा संचारकर्मीहरुको भेटमा मुख्यमन्त्री राईले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सरकारको भएकाले त्यसका लागि प्रदेश सांसदहरु सक्षम रहेको बताए । उनले शाहिरी दबाबको माध्यमबाट राजधानीको नाम तोकिदा दुघृना हुन सक्ने भन्दै आफुले पाएको अधिकारको पूणे पालना गरि आफ्नो प्रदेशको राजधानी र नाम आफ्नो प्रदेशको सांसदहरुले तोक्न पर्नेमा जोड दिएका हुन् ।

मुख्यमन्त्री राईले भने, ‘यही अधिबेशनबाट प्रदेशले नाम र स्थायी राजधानी पाउने छ, प्रदेशको नाम र स्थायी राजधानी सहमतिबाट टुङ्याइनेछ ।’उनले सबैको भावना प्रतिनिधित्व हुने गरी नाम र स्थायी राजधानी टुङ्गयाइने बताए ।

आजदेखी प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिबेशन सुरु हुँदैछ । उनले आज अधिबेसनमा महत्वपूर्ण ६ वटा विधेयक प्रदेशसभामा प्रबेश गराउने बताए ।




भर्खरै