७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैको भावना प्रतिनिधित्व हुने गरी नाम र स्थायी राजधानी टुङ्गयाइनेछ : मुख्यमन्त्री राई



अ+ अ-

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले प्रदेशको नाम र राजधानीको कसैको निर्देशन र दबाबले नतोक्निे बताएका छन् ।

आज विराटनगरमा संचारकर्मीहरुको भेटमा मुख्यमन्त्री राईले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सरकारको भएकाले त्यसका लागि प्रदेश सांसदहरु सक्षम रहेको बताए । उनले शाहिरी दबाबको माध्यमबाट राजधानीको नाम तोकिदा दुघृना हुन सक्ने भन्दै आफुले पाएको अधिकारको पूणे पालना गरि आफ्नो प्रदेशको राजधानी र नाम आफ्नो प्रदेशको सांसदहरुले तोक्न पर्नेमा जोड दिएका हुन् ।

मुख्यमन्त्री राईले भने, ‘यही अधिबेशनबाट प्रदेशले नाम र स्थायी राजधानी पाउने छ, प्रदेशको नाम र स्थायी राजधानी सहमतिबाट टुङ्याइनेछ ।’उनले सबैको भावना प्रतिनिधित्व हुने गरी नाम र स्थायी राजधानी टुङ्गयाइने बताए ।

आजदेखी प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिबेशन सुरु हुँदैछ । उनले आज अधिबेसनमा महत्वपूर्ण ६ वटा विधेयक प्रदेशसभामा प्रबेश गराउने बताए ।