७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको बिचारमा नेविसंघका महामन्त्री काफ्लेको झापड, काँग्रेस भित्र खैलाबैला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले शनिबार सरकारी गाडीमा अगजानी गरिएको विषयले ठुलो आलोचना खेपिरहेको बेला काँग्रेसका नेता तथा कार्यकता बाद-प्रतिबादमा उत्रिएका छन् ।

काँग्रेस नेता गगन थापाले नेविसंघले हिजो देशव्यापी रुपमा सरकारी गाडी सञ्चालनमा रोक तथा आगजनी गर्नुको साथै तोडफोड भएको बिषयमा सामाजिक संजालमा आफ्नो धारण राख्न नपाउदै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले गगन थापा माथि टिप्पणी गर्न थालेका छन् ।

गगन थापाले आईतबार आफ्नो सामाजिक संजाल टुईटरमा नेविसंघले शनिबार गरेको गतिविधिको विरोध गर्दै लेखे ‘नेविसंघको नाममा केही ‘विद्यार्थी’ले सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ । किन्तु, परन्तु केही नलगाई मेरो उत्तर : त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई निरुत्सहित गर्न म डटेर लाग्नेछु ।’

यता नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले भने पार्टीका नेताहरुले वास्तविकता नबुझेर टिप्पणी गरेको बताएका छन् । उनले सरकारी गाडीको दुरुपयोग रोक्ने कार्यमा आफूहरुमाथि गाडी चालकले प्रतिवाद गर्न खोज्दा तोडफोड र आगजनी हुन पुगेको दाबी गरे ।

नेविसंघले शनिबार आफ्नो आह्वानलाई अवज्ञा गरेको भन्दै पोखरा, काठमाडौँ, बाँके र डोटीलगायतका क्षेत्रमा सरकारी गाडीमाथि तोडफोडका साथै आगजनी गरेको थियो । यस्तै विभिन्न ठाउँबाट करिब ७ सय सरकारी गाडीको चाबी नियन्त्रणमा लिएको थियो ।

सरकारी गाडीको चाबी नियन्त्रणमा लिनुका साथै आगजनी गरेको नेविसंघले यसअगाडि नै स्वीकार गरिसकेको छ ।