७ पुष २०८२, सोमबार
,
Latest
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँः नेपाली सेना नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण्डा नाइके राजु गोर्खाली पक्राउ



अ+ अ-

काठमाडौँ । चाबहिल क्षेत्रलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।

आईतबार महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई राजधानीको नयाँ वानेश्वरबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरले राजधानीको सुन्धारामा सञ्चालित काठमाडौं मलका व्यापारीलाई धाकधम्की दिँदै बढी भाडा असुल गरेको भन्ने उजुरीको आधारमा नियन्त्रणमा लिइएको जानकारी दिए ।

अपहरण, फिरौती, चन्दा, जबरजस्ती असुली, ठेकापट्ट आदिमा संलग्न हुँदै आएका गुण्डा नाइके गोर्खाली यसअघि पनि पक्राउ पर्दै र छुट्दै आएका थिए ।