२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकासँग सम्बन्ध बिग्रने गरी प्रचण्डले अभिव्यक्ति दिए : कांग्रेस



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भेनेजुयलाबारे अमेरिकाको खिलापमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले गरेको सार्वजनिक अभिव्यक्ति गलत भएको निश्कर्ष निकालेको छ ।

आइतबार संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले नेपालको विकास निमार्ण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध बिग्रने गरी प्रचण्डले अभिव्यक्ति सार्वजनिक गर्न नहुने निश्कर्ष निकालेको हो ।

‘अमेरिकाको खिलापमा प्रचण्डले राखेको सार्वजनिक अभिव्यक्ति गलत छ’, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘सम्बन्ध बिगार्न खोज्नु दूर्भाग्य हो ।’

उनले सम्बन्ध बिगार गरे नेपाललाई ठुलो क्षति हुने भन्दै यस्तो कार्य नगर्न सतारुढ दललाई सुझाव समेत दिए ।




भर्खरै