७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकासँग सम्बन्ध बिग्रने गरी प्रचण्डले अभिव्यक्ति दिए : कांग्रेस



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भेनेजुयलाबारे अमेरिकाको खिलापमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले गरेको सार्वजनिक अभिव्यक्ति गलत भएको निश्कर्ष निकालेको छ ।

आइतबार संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले नेपालको विकास निमार्ण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध बिग्रने गरी प्रचण्डले अभिव्यक्ति सार्वजनिक गर्न नहुने निश्कर्ष निकालेको हो ।

‘अमेरिकाको खिलापमा प्रचण्डले राखेको सार्वजनिक अभिव्यक्ति गलत छ’, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘सम्बन्ध बिगार्न खोज्नु दूर्भाग्य हो ।’

उनले सम्बन्ध बिगार गरे नेपाललाई ठुलो क्षति हुने भन्दै यस्तो कार्य नगर्न सतारुढ दललाई सुझाव समेत दिए ।