२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थल बन्यो गौचरन



अ+ अ-

दार्चुला । पच्चिस वर्षदेखि हवाईजहाजले उडान भर्न छोडेपछि गोकुलेश्वर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । उक्त विमानस्थल अहिले केटाकेटीको खेल मैदान र गौचरनको रुपमा प्रयोग हुँदै आएको छ ।

सशस्त्र द्वन्द्व शुरु भएसँगै विसं २०५०देखि जहाजले उडान भर्न छोडकोले यो विमानस्थल गाई भैँसीका लागि चरन क्षेत्र बनेको हो । द्वन्द्वका बेला तत्कालीन माओवादीले विमानस्थलमा रहेको टावर, टर्मिनल भवन, साइड अफिसलगायतमा आगजानी गरेपछि त्यसयता भवन पुनःनिर्माण हुनसकेको छैन । विमानस्थलका कार्यालय सहयोगी रामदत्त विष्टले भन्नुभयो, “यो विमानस्थलसँगै बन्द भएका सुदूरपश्चिम प्रदेशका अन्य केही विमानस्थल कालोपत्रे भएर सञ्चालन आइसक्दा पनि यो विमानस्थल अझै सञ्चालन हुने छाँटकाँट छैन।”
द्वन्द्वकालदेखि विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाको आर्थिक विकास र पर्यटन प्रवर्धन हुन नसक्दा ठूलो घाटा बेहोर्नु परेको छ । सिङ्गो दार्चुला जिल्ला र बैतडी जिल्लाको आधाभन्दा बढी भू–भागले सजिलै सेवा पाउने यो विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाका थुप्रै विकासका योजनामा असर पर्नाका साथै उपचारका लागि अन्यत्र पठाउनुपर्ने जटिल अवस्थाका बिरामीले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको छ ।

“ विमानस्थल सञ्चालनमा ल्याउने भनेर नेताहरूले पटक÷पटक भाषणमा जोड दिए पनि अझै पहल गरेको देखिदैन,” उहाँले भन्नुभयो, “यो विमानस्थल सञ्चालन हुँदादेखि नै कार्यरत छु । अहिले नेपालगञ्ज गएर हाजिर बुझाएर तलव लिन्छु तर आफ्नै जिल्लाको विमानस्थलको अवस्था नाजुक बन्दै गएकामा खिन्न छु । अतिक्रमणको चपेटामा विमानस्थल परेको देख्दा नियास्रो लाग्न थालेको छ ।”

तत्कालीन बोहरी गाउँको देवस्थलीमा विमानस्थल निर्माणका लागि प्रस्ताव गरिएकामा स्थानीयवासीले स्वीकृति नदिएकाले चमेलिया नदी किनारमा रहेको गोकुलेश्वरमा विसं २०४४÷४५ सालतिर विमानस्थल निर्माण गरिएको थियो ।

हप्तामा एक–दुई उडान त्योबेला पनि निरन्तर चल्थ्यो, कार्यालय सहयोगी विष्टले भन्नुभयो, “नेपालगञ्ज–गोकुलेश्वर र गोकुलेश्वर–महेन्द्रनगरका लागि उडान हुँदै आएको हो ।”रातिसमेत हवाई टिकट काट्नुपर्ने यो विमानस्थल विसं २०५० देखि भने पूर्ण रूपमा बन्द छ ।
विमानस्थलको वरिपरिका तारजाली फालिएकाले निर्बाध रुपमा गाईवस्तु भँैसी चरिचरनका लागि बाटो बनेको छ । अहिले पनि सुदूरपश्चिम प्रदेशको राजधानीबाट झण्डै ३४५ किलोमिटर सडक मार्गबाट दार्चुला सदरमुकामसम्म पुग्न कष्टप्रदयात्रा गर्नुपर्ने बाध्यता छ, स्थानीयवासी गङ्गादत्त जोशीले भन्नुभयो ।

बेला बेलामा तालुक मन्त्रालयबाट टोली सर्भेक्षणका लागि आए पनि त्यसपछि के पहल भयो भन्ने जानकारी बाहिर आउँदैन । गत मङ्सिरमा पनि एउटा टोलीले यो विमानस्थल निरीक्षण गरेर फर्किएको थियो । उक्त टोलीले विमानस्थल बन्द भएपछि निर्माण भएका भवन तथा दुई जिल्ला जोड्ने चमेलिया पुल पनि विमान सञ्चालनका लागि बाधक बन्ने प्रारम्भिक जानकारी मात्रै गरायो, जोशीले भन्नुभयो, “अहिले पनि विमानस्थल सञ्चालनका लागि ठोस पहल भएको छैन् ।”
विमानस्थल सञ्चालन गर्न सके पर्यटन प्रवर्धनका साथै व्यापार बृद्धि हुने अवस्था छ, स्थानीय नेता लालबहादुर विकले भन्नुभयो ।

तात्कालिन पर्यटनमन्त्री लोकेन्द्र विष्टमगरले सुदूरपश्चिमभरका विमानस्थलमा हेलिकप्टर सञ्चालन गरेर विमानस्थललाई नियमित गराउने यही विमानस्थलको धावनमार्गमा आयोजित कार्यक्रम उल्लेख गर्नाका साथै रु चार लाख ३० हजार बजेट समेत विनियोजन गरे पनि कुनै प्रगति हुन सकेन ।

दिलेन्द्रप्रसाद बडू ,प्रेमसिंह धामी, लक्ष्मणदत्त जोशी, गणेशसिंह ठगुन्नालगायत नेताले नेताले मेरै पालामा यो विमानस्थल सञ्चालनमा ल्याउँछु भनेर भाषण गर्दै आएपनि विमानस्थलको अवस्था नसुध्रिएकाले ती नेताका वाचा र भाषण कोरा गफ मात्र भएको स्थानीयबासीले भन्न थालेको शैल्यशिखर नगरपालिका– ९ गोकुलेश्वरका युवा नेता कालु चन्दको भनाइ थियो ।




भर्खरै