७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार आठ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ, साताको पहिलो दिनमै धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.५७ विन्दुले घटेर एक हजार १५३.०६ विन्दुमा झरेको छ । 

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७२ विन्दुले घटेर २४५.०८ विन्दुमा झरेको छ । कारोवार रकममा भने केही वृद्धि भएको छ । आज कूल १६९ कम्पनीको १५ लाख २७ हजार ७०६ कित्ता शेयर रु ४१ करोड ५७ लाख ७३ हजार ६०३ मूल्यमा खरीद बिक्री भएका छन् । 

कारोवार भएका ११ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक दश उपसमूहको शेयर कारोवार घटेको छ । व्यापार २.८७ विन्दुले बढेको छ । यस्तै बैंकिङ ५.६४, होटल १७.२५, विकास बैंक ८.७१, जलविद्युत् १८, वित्त १.०२, निर्जीवन बीमा ३६.३१, उत्पादन १८.५३, अन्य १२.३८, लघुवित्त २.८ र जीवन बीमा ३७.५३ विन्दुले घटेको छ । 

नेपाल धितोपत्र बोर्डले शेयर प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेको सन्दर्भमा आज बजारमा सुधार आउने अपेक्षा गरिएको थियो । 

घटेको बजारमा विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करीब चार प्रतिशतले कमाउँदा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले दुई प्रतिशतले कमाएका छन् । यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्थाले १.९८, कालिका लघुवित्त वित्तीय संस्थाले १.९७, एभरेष्ट इन्सुरेन्स कम्पनी १.९७, विशाल बजार कम्पनीका शेयरधनीले १.९५ प्रतिशतले कमाएका छन् । 

त्यस्तै सानिमा इक्विटी फण्ड ३.७, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था ३.०६, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी २.८४, महालक्ष्मी विकास बेंक २.८७, अरुण काबेली पावर २.६७, हिमालयन पावर पार्टनर २.६७ र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.६८ गुमाएका छन् ।