७ पुष २०८२, सोमबार
,
Latest
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँः नेपाली सेना नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीको चीन भ्रमणको बेला पारवहन प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको बेला नेपाल र चीनबीच पारवहन प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी दुई महिनापछि चीन जाने तयारी छ । त्यही बेला नेपाल र चीन पारवहन सम्झौता कार्यान्वयनका लागि बनेको ‘प्रोटोकल’मा हस्ताक्षर गर्ने योजना बनाइएको वाणिज्य मन्त्रालय स्रोतले बताएको छ ।

प्रोटोकलमा हस्ताक्षर भए चीनले नेपाललाई चार वटा समुन्द्री र तीन सुख्खा बन्दरगाह प्रयोग गर्न दिनेछ । यससँगै तेस्रो मुलुकबाट हुने आयातका लागि भारतीय बन्दरगाहमाथि परनिर्भरता अन्त्य हुनेछ ।

हाललाई नेपालले तियान्जेन, सेनजेन, लियानयुगाङ र झाङजियाङ गरी चार वटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न सक्ने सहमति भएको छ । सुख्खा बन्दरगाहतर्फ आन्जाओ, ल्हासा र सिगात्से पनि प्रयोग गर्न सकिनेछ । सुख्खा बन्दरगाहतर्फ आन्जाओ, ल्हासा र सिगात्से पनि प्रयोग गर्न सकिनेछ ।

नेपालले चीनको भूमि हुँदै जापान, कोरिया लगायतका तेस्रो मुलुकबाट वस्तु आयात गर्न र तेस्रो मुलुकबाट बस्तु निर्यात गर्न पारवहन मार्ग खुला हुनेछ ।

नेपालले हाल भारतको कोलकता र विशाखापटमको सामुन्द्रिक बन्दरगाह प्रयोग गरिरहेको छ । चीनसँग सम्झौतापछि नेपालले चीनबाट पनि समुन्द्रमा पहुँच प्राप्त गर्नेछ ।