७ पुष २०८२, सोमबार
,
Latest
देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृत अवस्थामा भेटिए फुटबलर साला र विमान चालक



अ+ अ-


बीबीसी । कार्डिफ सिटीका फुटबलर इमिलियानो साला सवार विमानको भग्नावशेष इङ्गिलस च्यानलमा फेला परेको छ ।

गत जनवरी २१ मा फ्रान्सको नान्टेसबाट कार्डिफ आउने क्रममा अर्जेन्टिनी स्ट्राइकर र पाइलट डेभिड इबोटसन सवारी पिपर मालिबु एन २६४डीबी विमान बीच बाटोमै बेपत्ता भएको थियो ।

निजी लगानीमा विमानको खोजीमा लागेका डेभिड मर्नसले गुएर्नसे नजिकै आइतबार विमानको भगनावशेष फेला पारेका थिए ।

उनी भन्छन्, ‘पानीमूनि ठूलो भगनावशेष फेला परेको छ । अहिले म यतिमात्र भन्न सक्छु ।’

रेडियो फोरको एक कार्यक्रममा बोल्दै उनले विमानको भगनावशेष पानीको सतहभन्दा ६३ मिटर तल रहेको बताएका छन् ।

२८ वर्षीय अर्जेन्टिनी साला गत जनवरी २१ मा फ्रान्सको नान्टेसबाट नयाँ क्लब कार्डिफ सिटी जान वेल्सका लागि उडेका थिए । उनले उडान भर्नुभन्दा २ दिनअघि मात्रै कार्डिफ सिटीमा अनुबन्ध हुन सम्झौता गरेका थिए ।

साला बेपत्ता भएपछि उनको खोजी तत्कालै थालिए पनि ८० घन्टासम्मको खोजीपछि पनि उनको टुंगो नलागेपछि २ दिन खोजी रोकेर पुनः निजी क्षेत्रको पहलमा उनको खोजी थालिएको थियो ।

अब एयर एक्सिडेन्टस् इन्भेस्टिगेसन ब्रान्चले भगनावशेषलाई निकाल्नेछ ।

यसबारे साला र डेभिडको परिवारलाई पनि जानकारी दिइएको छ ।