७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भृकुटीमण्डप फनपार्क भाडा विवाद, अख्तियारव्दारा ३२ कराेड हिनामिना आराेपमा पूर्वमन्त्री बद्री न्याैपाने समेत विरूद्ध मुद्दा दायर



अ+ अ-

काठमाडाैंः अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत कार्य गरेकाे अाराेपमा तत्कालिन महिला, बालवालिका तथा समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्री प्रसाद न्यौपाने समेत विरूद्ध रू. ३१ कराेड ५२ लाख विगाे मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।

साथै, समाज कल्याण परिषद्का तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, समाज कल्याण परिषद्का तत्कालिन कोषाध्यक्ष कुञ्‍ज बिहारी प्रसाद चौधरी, समाज कल्याण परिषद्का तत्कालिन सदस्य हरि न्यौपाने, समाज कल्याण परिषद्का तत्कालिन सदस्य मोहनराज शर्मा, समाज कल्याण परिषद्का तत्कालिन सदस्य मदन कुमार लाल कर्ण, समाज कल्याण परिषद्का तत्कालिन सदस्य-सचिव ई. रविन्द्र कुमार तथा ठेकेदार रविन्द्र गुरुङ्ग विरूद्ध पनि साेही बराबरकाे बिगाे दाबी गरिएकाे अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताउनुभयाे ।

परिषदकाे मिति २०६९/५/२० को कार्य संचालन समितिको वैठकले रविन्द्र गुरुङ्गलाई तिरिरहेको रकमलाई वृद्धि गरी मासिक रु.५ लाख ५५ हजार (सम्पूर्ण कर सहित) तथा समयावधिलाई बढाई १५ वर्षको लागी फनपार्क मेला संचालन गर्न ठेक्कामा दिने निर्णय गरेको थियाे ।

अायाेगले कारण र प्रमाणहरुको विश्लेषण तथा अध्ययन प्रतिवेदनबाट फनपार्कलाई अनियमित रुपले भाडामा लगाउने निर्णय तथा गलत कामकारवाही प्रकृयामा सँलग्न व्यक्तिहरुले व्यवसायिक र व्यापारिक दृष्टिले अत्यन्त महत्वपूर्ण राजधानीको केन्द्रविन्दुको रुपमा रहेको भृकुटीमण्डपस्थित फनपार्कको जग्गालाई वदनियतपूर्ण तरिकाले मिति २०६०/०५/२० गतेको निर्णयले प्रतिमहिना प्रतिरोपनी जम्मा मासिक रु.९,२५०।–रकममा भाडामा लगाएको देखिन आई निजहरुको वदनियतपूर्णरुपले गरेको गलत कामकारवाहीबाट परिषदलाई हालसम्म रु. ३१ कराेड ५२ लाख १७ हजार ६७५ हानिनोक्सानी भएको जनाएकाे छ ।

अायाेगबाट अभियुक्त ठहराइका व्यक्ति र उनीहरूमाथिकाे बिगाे दाबीः