१४ भाद्र २०८३, आईतवार
,
Latest
सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट टोली र अध्यक्ष प्रचण्डको भेटघाट, टोलीले विश्वमै नेपालको इज्जत बढायो : अध्यक्ष प्रचण्ड



अ+ अ-

काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भेटघाट गरेका छन् ।

प्रचण्डले यूएईबाट फर्किएको टोलीलाई मंगलबार खुमलटारस्थित निवासमा बोलाएर बधाई तथा शुभकामना दिएका हुन् ।

भेटघाटको क्रममा उनले नेपाली टोलीले विश्वमा नै नेपालको इज्जत बढाएको र देश समृद्धिको यात्रामा अघि बढिरहेको बेलामा राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सोमबार फर्किएको टोलीको स्वागतमा राष्ट्रिय खेलकूद परिषद् (राखेपा) ले रातो कार्पेट बिछ्याएको थियो । स्वागतका लागि सोमबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष तिम्सिनालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।


राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले क्रिकेट टोलीका खेलाडिहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै प्रति खेलाडि जनहि १०/१० हजार रकम समेत प्रदान गरेका थिए ।