७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनमोहन स्मृति पोलिटेक्निकलाई जापानी सहयोग



अ+ अ-


विराटनगरः मोरङको हात्तीमुडामा रहेको मनमोहन स्मृति पोलिटेक्निकलाई जापान सरकारका तर्फबाट उपलब्ध गराइएका प्राविधिक उपकरणहरु नेपालस्थित जापानी राजदूतावासका अधिकृत मासाओ कुनिसाडाले हस्तान्तरण गर्नुभयो ।

राजदूतावासका अनुसार हस्तान्तरण गरिएका सामग्रीको मूल्य करिब ७७ लाख रुपैयाँ रहेको छ ।

हस्तान्तरण गरिएका सामग्रीहरुमा उच्च गुणस्तरीय प्राविधिक उपकरणहरु जस्तै टोटल स्टेसन, डिजिटल थियोडोलाइट, टेस्टिङ मेसिन, एयर एन्ड ओइल सर्किट ब्रेकर्स तथा माइक्रो–हाइड्रो मोडेल रहेका छन् । यी उपकरणको सहायताबाट विद्यार्थीहरुले इन्जिनियरिङको व्यवहारिक ज्ञान र सीप हासिल गर्न सक्नेछन् ।

यो पोलिटेक्निक स्कुल सन् २००३ मा स्थापना भएको हो । यहाँ हाल करिब १ हजार ६०० विद्यार्थी अध्ययनरत छन् । यहाँ सिभिल, मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक इन्जिनियरिङ विषय पढाइ हुने गरेको छ ।

दूतावासका अनुसार उक्त सहयोगबाट नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन ठूलो मद्दत पुग्नेछ ।