२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजयात्री दोब्बर बनाउने प्रयास छ : गृहमन्त्री थापा



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको बताउनुभएको छ ।

विगतमा एक हजार २०० यात्री हज गर्न मक्का गएको जानकारी दिँदै गृहमन्त्री थापाले कम्तीमा पनि एक हजार हजयात्री थप्ने प्रयासमा सरकार लागेको बताउनुभयो । नयाँ हज कमिटी गठनपछि काठमाडौँको बबरमहलमा आज बसेको पहिलो बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, “जो हज यात्रामा जान चाहन्छन्, उनीहरूलाई पठाएर विगतको भन्दा दोब्बर पार्ने योजना सरकारको छ, साउदी अरेबियाका राजदूतसँग पनि सो विषयमा छलफल गरेको छु, उहाँबाट प्रतिबद्धतासमेत आएको छ ।”

गृहमन्त्री थापाले हजयात्रालाई व्यवस्थित गर्न ठोस योजनाका साथ अघि बढ्न नयाँ कमिटीलाई आग्रह गर्नुभयो । “यसलाई सफल पार्न सरकारले आवश्यक सहयोग गर्छ, कुनै गुनासो र आरोप नआओस, हज यात्रामा बढी सुविधा र कम खर्च होस् भन्ने कुरामा ध्यान दिनुहोस्”, हज कमिटीलाई गृहमन्त्रीले भन्नुभयो ।

कुनै पनि दुर्घटनातर्फ सजकता अपनाउन र सुरक्षामा ध्यान दिन उहाँले नयाँ समितिलाई आग्रह गर्नुभयो । गृहमन्त्री थापाले राज्यका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “नवगठित कमिटीले नमूनायोग्य काम गर्न जरुरी छ, ता कि भोलि आउने हज कमिटीका लागि पनि उदाहरणीय होस् ।”

विश्वमा इस्लाम, हिन्दू, इसाई र बौद्ध यी चार धार्मिक समुदाय ठूलो रहेको र त्यसमध्यको मुसलमान समुदाय पनि महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले साउदी अरेबिया मानव सभ्यताको विकासको एउटा केन्द्र भएको समेत बतउनुभयो । विश्वबाट मुसलमान समुदाय हजका लागि मक्का–मदिना जाने गरेको बताउँदै उहाँले नेपाल धर्म निरपेक्ष मुलुक भएकाले सबै धर्मको सम्मान र आस्थाको संरक्षण र व्यवस्थापन गर्न राज्यले हज कमिटीको गठन गर्दै आएको जानकारी दिनुभयो ।