१४ भाद्र २०८३, आईतवार
,
Latest
सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघका अध्यक्ष नैनसिंह महर काठमाडौंको वानेश्वरबाट पक्राउ



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरसहित केहि नेता विद्यार्थी काठमाडौंको वानेश्वरबाट पक्राउ परेका छन् ।

शनिवार पोखरामा सरकारी गाडीमाथि आगजनी गरिएको सम्बन्धमा नेविसंघका विद्यार्थीमाथि झूटा मुद्दा लगाएको भन्दै संघले प्रदर्शन गरिरहेका बेला अध्यक्ष महरसहित विद्यार्थीलाई पक्राउ गरिएको नेता अनुराग शाहले बताए ।

उनका अनुसार अध्यक्ष महर, उपाध्यक्ष नविन राई र नेता सञ्जीव खड्कालाई पक्राउ गरिएको छ ।

शाहले बिना सर्त सरकारले पक्राउ परेकाहरुलाई छोड्नु पर्ने बताए । उनले पक्राउ परेकाहरुलाई नछाडे सरकारविरुद्ध डटेर प्रदर्शन जारी राख्रने चेतावनी समेत दिएका छन् ।