१० असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ मार्च ३१ मा रिलिज हुने



अ+ अ-

एजेन्सी । दिवंगत अभिनेता ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ को रिलिज मिति घोषणा गरिएको छ । 

निर्माताले फिल्मको २ नयाँ पोस्टर सामाजिक सञ्जालमा सेयर गरेका छन् । 

फिल्म मार्च ३१ मा ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा स्ट्रिम गरिने पोस्टरमा जनाइएको छ ।

हितेश भाटियाले निर्देशन गरेको यस फिल्ममा स्वर्गीय ऋषि कपुरका अलावा परेश रावल, जुही चावला, सुहेल नय्यर, तारुक रैना, सतीश कौशिक, शीबा चड्ढा र ईशा तलवारको मुख्य भूमिका रहेको छ । 

यो फिल्मको आधा सुटिङ सकिएपछि ३० अप्रिल २०२० मा ऋषि कपूरको निधन भएको थियो । 

उनको मृत्युपछि परेश रावलले उनको भूमिका निर्वाह गर्दै फिल्मको बाँकी छायांकन पूरा गरेका थिए ।