१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ मार्च ३१ मा रिलिज हुने



अ+ अ-

एजेन्सी । दिवंगत अभिनेता ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ को रिलिज मिति घोषणा गरिएको छ । 

निर्माताले फिल्मको २ नयाँ पोस्टर सामाजिक सञ्जालमा सेयर गरेका छन् । 

फिल्म मार्च ३१ मा ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा स्ट्रिम गरिने पोस्टरमा जनाइएको छ ।

हितेश भाटियाले निर्देशन गरेको यस फिल्ममा स्वर्गीय ऋषि कपुरका अलावा परेश रावल, जुही चावला, सुहेल नय्यर, तारुक रैना, सतीश कौशिक, शीबा चड्ढा र ईशा तलवारको मुख्य भूमिका रहेको छ । 

यो फिल्मको आधा सुटिङ सकिएपछि ३० अप्रिल २०२० मा ऋषि कपूरको निधन भएको थियो । 

उनको मृत्युपछि परेश रावलले उनको भूमिका निर्वाह गर्दै फिल्मको बाँकी छायांकन पूरा गरेका थिए ।