९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् गरिब प्रदेशका धनी मन्त्री, आफ्नै निर्णय उल्लङ्घन गर्दै बुझे भत्ता



अ+ अ-

सुर्खेत । आफ्नो प्रदेशलाई गरिब प्रदेशको संज्ञा दिने कर्णाली प्रदेशका मन्त्री भने धनी बन्ने दाउमा छन् । कुनैपनि औपचारिक कार्यक्रममा जाँदा भत्ता नबुझ्ने निर्णय मन्त्री आफैंले उल्लङ्घन गरेका छन् ।

आइतबार वीरेन्द्रनगरमा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री खड्क खत्रीले एक गोष्टीमा सहभागी भएबापत एक हजार रूपैयाँ भत्ता बुझेका हुन् ।

त्यसो त खत्री मन्त्रीहरूद्वारा सार्वजनिक सम्पत्ति विवरण अनुसार कर्णाली प्रदेशका सबैभन्दा धनी मन्त्री समेत हुन् ।

कार्यक्रममा सहभागी प्रदेश सभाका सदस्यहरू, गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधि, प्रदेशका कर्मचारी सबैले एक हजारका दरले भत्ता बुझेका थिए ।

प्रदेश मन्त्रिपरिषद्ले यसअघि नै कसैबाट भत्ता नलिने र लिन पनि नदिने निर्णय गरेको थियो ।