६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागी हुँदा पाँच लाख बराबर क्षति



अ+ अ-

तुलसीपुर । आज बिहान चट्याङ परेर आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीय मोती विक आगोले जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आगलागीबाट घरमा रहेको महत्वपूर्ण कागजात, घर, घरमा रहेका काठ दाउरा नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

विकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।