२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवारबाटै असुरक्षित महिला, वर्षमा १२० जनाको हत्या



अ+ अ-

काठमाडौं । महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लघंन र दुव्र्यवहारका घटना धेरै हुने गरेको पाइएको छ । गत वर्ष देशभरि १ सय २० महिलाको हत्या परिवारबाटै भएको तथ्य अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तकमा उल्लेख छ ।

गत वर्ष मानव अधिकार उल्लघंनसम्बन्धी घटनामा ५ हजार १ सय १० जना पीडित भएका छन् । ती घटनामा पीडित महिला र बालबालिकाको संख्या धेरै रहेको पनि पुस्तकले औल्याएको छ । मंगलबार सार्वजनिक इन्सेकको वर्ष पुस्तकमा महिला अधिकार उल्लघंनसम्बन्धी २ हजार ८ सय २४ र बाल अधिकारसम्बन्धी १ हजार २ सय ४८ घटना भएको उल्लेख छ । यो समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।