६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बा आमा घर निर्माणका लागि सहयोग जुट्दै



अ+ अ-

काठमाडौँ । सडकपेटीमा कोहि आमा बुबा बेवारिसे हुनु नपरोस भनेर निर्माण हुन लागेको बा आमा आश्रम निर्माणको लागि सहयोग जुट्नेक्रम चलिरहेको छ । बा आमा घर अर्थात सुरक्षित आश्रम बनाउनको लागि आफ्नै घर जग्गा संस्थालाई दान गरेका संस्थाका अध्यक्ष समाजसेवी बिनयजंग बस्नेतलाई सामुदायिक रेडियोहरुका नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले रु ७५ हजार बराबरको ज्ञानशाला पुस्तक हस्तन्तरण गरेका छन् ।

बा आम घर आश्रमका प्रमुख सल्लाहकार समेत रहेका आचार्यले पुस्तक बिक्रि भैसकेपछि थप ७५ हजार बराबरको पुस्तक हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्दै कोही पनि बेवारिसे हुनु नपरोस भन्ने अभियानमा जुट्न सबैलाई आग्रह गरे । आचार्यले आश्रमलाई सेवा गर्ने, आत्मज्ञान र शान्ति प्राप्तगर्ने पवित्र स्थलको रुपमा बिकास गर्ने बताए ।

बेवारिसे लाशको अभिभावक भनेर चिनिने समाजसेवी बस्नेतले आश्रममा २३ जना बेघर र बेसाहारा बेवारिसेहरुले आश्रय पाउने बताएका छन् । नेपालको ७७ वटै जिल्लामा शाखा खोली बेवारिसेहरुको ब्यबस्थापनका लागि काम भैरहको छ ।

बस्नेतले १७५ भन्दा बढि बेवारिसे शबको आफ्नै हातले ससम्मान दाहसंस्कार गरिसकेका छन् । सयौं कुलतमा फसेकाहरुलाई सहि बाटोमा ल्याउने, सडकमा भएका बेबारिसेहरुलाई उपचार गराई आश्रय स्थलमा पु¥याउने र पारिवारिक मिलन गराउने जस्ता काम संस्थाले गर्दै आएको छ ।