६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलिकता झल्काउँदै चैतलो पर्व



अ+ अ-
फाईल फोटो

हुम्ला । हिमाली जिल्लामा हुम्लाको सिमकोट गाउँपालिका–२ साविक ठेहे गाविसमा हरेक वर्षको फागुन १२ गतेदेखि लाग्ने चैतलो पर्व शुरु भएको छ । आइतबारदेखि शुरुभएको यो पर्व परावूर्व कालदेखि मनाउँदै आएको स्थानीयवासी कमल भण्डारीले बताए ।

ठेहे गाउँ नजिक रहेको खार्पुनाथ गाउँको हिमालबाट आएको एक राक्षसले फागुन १२ गतेकै दिन चैतलो । चैतलो (देउडा) खेलिरहेको समयमा एक महिलालाई भगाएर लगेपछि यो पर्व मनाउने चलन चलेको ६५ वर्षीय बलरुप बोहराले बताए ।

परापूर्वकालमा फागुन १२ गतेकै दिन राक्षसले महिलालाई भगाएर लगेपछि त्यसलाई फकाएर महिलालाई फर्काउन पुरुषले चैतलो खेलिरहेकै समयमा फोहर कपडा लगाइ खरानी बोकेर छर्कदै जाने गर्दा राक्षस भुलिएको उहाँको भनाइ थियो । परम्परागत पहिरनमा रङ्गीचङ्गी कपडामा सजिएकी सुन्दर महिलालाई राक्षसले उठाएर लिने भएकाले यो पर्वमा माने नाच पनि गर्ने गरिन्छ ।

दुई दिनसम्म लाग्ने चैतलो पर्वमा विभिन्न किसिमका स्थानीय संस्कृतिका नृत्यसमेत गरिँदै आएको बोहोराले बताउनुभयो । यो पर्वको अन्तिम दिनमा महिलाको पुरानो गाडोले बनेको दौरा, लगाएर बोहरा भण्डारी दुई जातिले प्रतिष्पर्धाका रुपमा तरबार समातेर नाच देखाउने गरेको अर्का स्थानीयवासी शङ्कर रावले जानकारी दिए । गाउँ नजिकमा रहेको पाइक पर्ने स्थानमा महिलाले सिङ्गारिएका पहिरन लगाएर जुहारी खेल्ने गर्दछन् भने थोत्रा कपाडा लगाएका पुरुषले खरानीका पोका बनाएनर महिलाले गाइरहेको स्थानमा आएर स्थानमा आएर राक्षसलाई भुलाउन नाच देखाउने गर्छन् ।

उक्त पर्वमा काठका सामग्रीबाट बनाइएको घोडा चडेर नृत्य पनि गरिन्छ । एक दुई दिन पैदल हिँडेर पनि यो पर्वमा रमाइलो हेर्न महिला र पुरुषले पुराना धातुका गहना लगाएर ठेहेमा आउँछन् ।

ठेहे गाउँमा मात्र मनाइने दुर्लभ पर्व पछिल्लो समय लामा समुदाय, अन्य गाउँ बस्तीमा रहेका क्षेत्री समुदायले चाडपर्वका रुपमा मनाउने गरेका छन् । केही वर्ष यतादेखि आइतबारकै दिन जिल्ला सदरमुकाम सिमकोटमा पनि यो पर्र्व मनाउँदै आएइको छ ।