८ पुष २०८२, मंगलवार
,
Latest
श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोप फ्रान्सिसका सल्लाहकार बालयौन दूराचारको आरोपमा दोषी ठहर



अ+ अ-

मेलबोर्न । पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ । बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सबैभन्दा माथिल्लो तहका क्याथोलिक धर्मगुरु हुन् ।

अस्ट्रेलियाली न्यायाधीशहरुको समिति (जुरी)ले सर्वसम्मत रुपमा पेल दोषी रहेको ठहर गरेको छ । कार्डिनल पेलले सन् १९९० को दशकमा मेलबोर्नस्थित सेन्ट प्याट्रिक्स क्याथेड्रलमा दुई बालक विरुद्ध यौन आक्रमण गरेका थिए ।

हाल ७७ वर्ष पुगिसकेका कार्डिनल पेलले त्यसबखत १२ र १३ वर्षका दुई नाबालकलाई यौन शोषण गरेको बताइएको छ ।

अदालतको आदेशबाट जमानतमा रहेका कार्डिनल पेलले आफूमाथि लागेका आरोपहरुमा सत्यता नरहेको दाबी गर्दै आएका छन् ।

भ्याटिकनका तर्फबाट तत्काल कुनै प्रतिक्रिया दिइएको छैन तर पेलले आफू निर्दोश रहेको बताउँदै आएका छन् ।

“कार्डिनल जर्ज पेलले आफू निर्दोश रहेको र त्यसमा आफू अडिग रहेको बताउनुभएको छ,” कार्डिनलका वकीलका तर्फबाट जारी वक्तव्यमा भनिएको छ । जुरीले गरेको फैसलाका विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदन गरिने वक्तव्यमा उल्लेख छ ।

पेल विरुद्ध लगाइएका केही अरु आरोपहरु पनि यसअघि फिर्ता लिइएका वा उन्मूक्ति दिइएका छन् ।
पेलले दूव्र्यवहार गरेका भनिएका एक बालकको सन् २०१४ मा मृत्यु भएको थियो । उनको परिवारका सदस्यहरुले पेलका कारण गहिरो दुःखमा परेका ती बालकको लागूऔषधको सेवनबाट मृत्यु भएको दाबी गर्दै आएका छन् ।

दोस्रा पीडित व्यक्तिका तर्फबाट वकीलले जारी गरेको एक वक्तव्यमा जारी कानुनी प्रक्रिया निकै तनाबपूर्ण रहेको र यो अझै समाप्त नभएको बताइएको छ । “अरु पीडितहरुझैं मैले पनि लज्जा, एकान्तपन, उदासी अनुभूत गरेको छु ।”