१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टरहरु सडकमा, बिरामीहरु मर्कामा



अ+ अ-

काठमाडौँ । देशभरका डाक्टरहरु सडक आन्दोलनमा उत्रिएका छन् ।डाक्टरहरुको आन्दोलनले बिरामीहरु मर्कामा परेका छन् ।

राजधानीका टिचिङ, वीर, कान्ति, ट्रमा सेन्टर र टेकुलगायतका अस्पतालहरुले कुन काम नगर्दा उपत्यका बाहिरका अस्पतालहरुमा पनि आकस्मिकबाहेकका सेवा ठप्प छ ।

सरकारले पास गरेको कर्मचारी समायोजन विधेयकको विरोध गर्दै सरकारी डाक्टरहरुले अस्पतालका सबै सेवाहरु अबरुद्द पार्दा बिरामीहरु बिचल्लीमा परेका हुन् । यसअघि उनीहरुले धर्ना, र्यालीलगायतका कार्यक्रम गर्दै आएका थिए । सबै सरकारी डाक्टरहरुलाई संघ मातहत राख्नुपर्ने माग उनीहरुको छ ।

सरकारी चिकित्सक संघको यो आन्दोलनलाई नेपाल मेडिकल एसोसियसनले समेत समर्थन गरेको छ । त्यसैले उपचार सस्तो हुने सरकारी अस्पतालहरुमा उपचार सेवा प्रभावित भएको छ । सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरु निजी अस्पतालमा जान बाध्य छन् र महंगो शुल्कको मारमा परेका छन् ।

देशभर करिब १४ सय सरकारी डाक्टरहरुले स्वास्थ्य सेवा दिवस मनाउने आजको कार्यक्रम पनि बहिष्कार गरेका छन् ।