८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप एशिया छनोटः नेपालले अन्तिम खेल कुवेतसँग खेल्दै



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल अहिले कुवेतसँग खेल्दैछ ।

थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपाल आठ अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने कुवेतले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन ।

ग्लोबल छनोटमा स्थान बनाउन नेपालका लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । सात राष्ट्र सम्मिलित छनोटमा शीर्षस्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड र युएई गरी तीन टोलीले ग्लोबल छनोटका लागि दावी पेश गरिरहेका छन् । विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपाललाई अन्तिम खेल जित्नै पर्ने बाध्यता छ । त्यति मात्र नभई नेपालका लागि थाइल्याण्ड र यूएईबीच हुने खेलको नतिजासमेत आफूअनुकूल आउनुपर्नेछ ।

पाँच खेलमा शतप्रतिशत जितसहित १० अङ्क जोडेको थाइल्याण्ड शीर्षस्थानमा छ । पाँच खेलमा चार जित निकाल्दै युएई अङ्क तालीकाको दोस्रो स्थानमा छ ।

त्यसैले नेपाललाई ग्लोबल छनोटमा पुग्न कुवेतमाथि फराकिलो जितले मात्र पुग्ने छैन, थाइल्याण्ड र युएईको खेल पनि महत्वपूर्ण हुनेछ । अन्तिम खेलमा थाइल्याण्डले युएइसँग प्रतिस्पर्धा गर्दैछ । युएईविरुद्धको खेल थाइल्याण्डले जितेमा आयोजक ग्लोबल छनोटमा पुग्नेछ । थाइल्याण्ड पराजित भएमा नेपाल, थाइल्याण्ड र यूएइमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन् । एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलोको रूपमा रहेको यो प्रतियोगिता रहेको छ ।

भर्खरै प्राप्त जानकारी अनुसार टस हारेर शुरुआती ब्याटिङको निम्तो पाएको नेपालले कुवेतविरुद्ध निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११६ रन बनाएको छ ।