६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सफल अर्थमन्त्री अधिकारीको निधनले अत्यन्तै मर्माहत बनायो : तिमिल्सिना



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार राति ह्याम्स अस्पतालमा निधन भएका पूर्व प्रधानमन्त्री एवम पहिलो पुस्ताका कम्युनिष्ट नेता भरतमोहन अधिकारी प्रति सम्बेदना प्रकट गरेका छन् । अधिकारीको निधनले अत्यन्तै मर्माहत बनाएको भन्दै शोकाकुल परिवार,आफन्तप्रति गहिरो समंबेदना प्रकट गरेका छन् ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आईतवार एक विज्ञप्ति जारी गर्दै दिवंगत अधिकारी एक सफल अर्थविद्, संविधानविद् र राजनीतिज्ञ भएको भन्दै प्रशंसा समेत गरेका छन् । निरंकुशताको विरुद्धको संघर्ष र नेकपा तथा कम्युनिष्ट पार्टिमा खेलेको भूमिकाले नेपाली समाजले सदा स्मरण गरिरहने उनले उल्लेख गरेका छन् ।

अधिकारीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । नेकपा सचिवालयको अनुसार १२ बजेपछि अधिकारीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेता कार्यकर्ता र सर्वसाधारणको नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा घुइँचो लागेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढासकेका छन् । पार्टिले शोक व्यक्तव्यपनि जारी गरिसकेको छ ।