६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योर्तिलिङ्ग बोलबमधाममा चहलपहल



अ+ अ-

खस्यौली । महाशिवरात्रि पर्वलाई लक्षित गरेर प्रसिद्ध बोलबमधाममा चहलपहल बढ्न थालेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबमधाममा भक्तजनलाई शिव पुराण श्रवण गराउन र अखण्ड भजन कीर्तन गराउन व्यवस्थापनको काम भइरहेको पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबमधामका महासचिव रामकृष्ण अधिकारीले जानकारी दिए ।

उहाँले महाशिवरात्रिको पूर्वसन्ध्यामा विभिन्न धार्मिक अनुष्ठानसहितका कार्यक्रम तय भएको जानकारी दिँदै शिव पुराण वाचनका लागि काठमाडौँबाट आचार्य पं राजकुमार खनाललाई आमन्त्रण गरिएको बताए । आचार्य पं राजकुमार खनालले रासससँग कुरा गर्दै महाशिवरात्रिका दिन चञ्चला नाम गरेकी कन्या व्रत बसेर मनोकामना पूरा भएकाले यसको विशेष महिमा र महत्व रहेको बताए ।

उनले महाशिवरात्रिको दिन व्रत बस्नाले विद्या आर्जन, सन्तान नभएकालाई सन्तान प्राप्ति हुने, उखुको रसले महादेवको अभिषेक गर्नाले लक्ष्मी प्राप्त हुने, महले अभिषेक गराउँदा सुख शान्ति प्राप्त हुने र बेलपत्र मात्रै अर्पण गर्दा पनि कष्ट निवारण हुने शास्त्रमा उल्लेख भएको जानकारी दिए ।

उक्त ज्योर्तिलिङ्ग बोलबमधाममा शिव पञ्चायन, गणेश पार्वती मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सन्तोषी माताको मन्दिर चन्द्रमा आकारको सरोवर, १०८ शिवलिङ्ग, पाँच–पाँच फिटको शिवमूर्ति र नागकुण्ड छन् । ज्योर्तिलिङ्गको शास्त्रीय प्रमाणका लागि अध्ययन अनुसन्धान शुरु भएको स्वयं उत्पत्ति भएको ज्योर्तिलिङ्गका रुपमा यसको महिमा रहेको बताइएको छ । भोलि सोमबार महाशिवरात्रि पर्व मनाइँदैछ ।